Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

टी २० मा कुशल भुर्तेलको लगातार दोस्रो शतक


काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी-२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।

बिहीबार भइरहेको एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा भुर्तेलले ४४ बलमा शतक प्रहार गरेका हुन् । उनको करियरको यो तेस्रो शतक हो ।

भुर्तेलले यसअघि चीनसँगको खेलमा शतक प्रहार गरेका थिए । उक्त खेलमा ३५ बलमा शतक प्रहार गरेका भुर्तेल ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए ।

भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । यस्तै समग्रमा विश्वको १०औं खेलाडी हुन् ।

भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भएका छन् । उनले १४ चौका र ८ छक्का प्रहार गरे । भुर्तेलले सन् २०२२ मा फिलिपिन्स विरुद्ध करियरको पहिलो शतक प्रहार गरेका थिए ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट