Techie IT
KTM Post
शुक्रबार, २२ जेठ, २०८३

राष्ट्र बैंकले मौद्रिक नीतिको लागि सुझाव माग्यो


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि सरोकारवाला तथा सर्वसाधारणसँग रायरसुझाव माग गरेको छ ।

बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम तर्जुमा गरिने आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको हो ।

राष्ट्र बैंकले उपयुक्त नीति तर्जुमा गर्नका लागि विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी रचनात्मक सुझावको अपेक्षा गरेको छ । इच्छुक व्यक्ति, संघ–संस्था वा सरोकारवालाहरूले आगामी आगामी असार ५ गते भित्र आफ्नो रायरसुझाव उपलब्ध गराई सहयोग गरिदिन अनुरोध गरेको छ । सुझाव केन्द्रीय बैंकको इमेल गरी पठाउन सकिने बैंकले जनाएको छ ।

जेनजी आन्दोलनपछि भएको चुनावपछि गभर्नर डा. विश्व पौडेलको यो पहिलो मौद्रिक नीति हो भने गभर्नर भएपछिको उनको दोस्रो मौद्रिक नीति हो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट