एकैदिन ६२ हजारले गरे कांग्रेस सदस्यता अद्यावधिक
काठमाडौं । नेपाली कांग्रेसको सदस्यता अद्यावधिक प्रक्रियामा एकैदिन करिब ६२ हजार सदस्यले अद्यावधिक गरेका छन्।
वैशाख १ गतेदेखि सुरु भएको सदस्यता अद्यावधिक अभियानमा हालसम्मकै सबैभन्दा धेरै संख्या एकैदिन दर्ता भएको पार्टीले जनाएको छ। कार्यवाहक मुख्य सचिव कृष्ण दुलालका अनुसार जेठ १९ गते (हिजो) एकैदिन ६१ हजार ८२५ जनाले सदस्यता अद्यावधिक गरेका हुन्।
नेपाली कांग्रेसको सदस्यताको अद्यावधिक एकैदिनमा ६२ हजारले गरेका छन् । वैशाख १ गतेबाट सुरु भएको सदस्यताको अद्यावधिकमा हालसम्म एकैदिनमा अद्यावधिक हुने संख्यामा हिजो सर्वाधिक भएको जानकारी गराइएको छ ।
सदस्यता अद्यावधिकका लागि जेठ २१ गते मध्यरातसम्म समय सीमा तोकिएको छ। पछिल्ला दिनमा अद्यावधिक गर्ने सदस्यहरूको संख्या तीव्र रूपमा बढ्दै गएको देखिएको छ। पार्टीले सदस्यता अद्यावधिक गर्ने निर्णय लिएपछि पार्टीको अर्को पक्ष असन्तुष्ट बनेको छ । पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्षले अद्यावधिकको विरोध गर्दै आएको छ । पार्टी संस्थापन पक्षले अद्यावधिक गर्नैपर्ने अडान राखेर नेताहरुलाई जिम्मेवारी दिएर प्रदेशगत खटाएको छ ।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिले अद्यावधिकको बारेमा नेता कार्यकर्तालाई प्रदेशहरुमा कार्यक्रम गराएर जानकारी गराएको छ । पछिल्लो समय अनलाइनबाट अद्यावधिक गर्ने कार्यलाई सहज बनाइएपछि संख्या उल्लेख्य बढेको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया