Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको हो ।

निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने जनाइएको छ ।

प्रतिनिधिसभाका कांग्रेसका ३८ सांसद छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले दलको नेता चयन गरे पनि कांग्रेसले चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

कांग्रेसमा दलको नेता बन्न भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीसहितका नेताहरू आकाङ्क्षी छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट