Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

‘मेरोकित्ता’ एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब मोबाइलबाटै


काठमाडौँ । नापी विभागले जग्गासम्बन्धी सेवा सहज बनाउन ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको उपस्थितिमा सार्वजनिक गरिएको एपमार्फत नागरिकले घरमै बसेर विभिन्न सेवा लिन सक्नेछन्।एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध एपबाट नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदनको अवस्था ओटीपीमार्फत अनलाइनमै ट्र्याक गर्न सकिने व्यवस्था गरिएको छ।

एपमा ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्ने सुविधा पनि समावेश गरिएको छ। साथै, सम्बन्धित नापी कार्यालयका प्रमुख र सूचना अधिकारीको सम्पर्क विवरणसमेत प्राप्त गर्न सकिनेछ।

नापी विभागका अनुसार ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध छ। कार्यक्रममा मन्त्री रावलले डिजिटल प्रविधिको प्रयोगबाट सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार भइरहेको बताउँदै यस्ता सेवाले पारदर्शी, छरितो र प्रभावकारी सेवा प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट