टेरेन्स लुइस ‘World of Dance Nepal 2026’ ग्रान्ड फिनालेका लागि काठमाडौंमा
काठमाडौं, असार ६ — विश्वप्रसिद्ध कोरियोग्राफर तथा भारतीय डान्स इन्डस्ट्रीका चर्चित स्टार टेरेन्स लुइस ‘WORLD OF DANCE NEPAL’ को ग्रान्ड फिनालेमा सहभागी हुन आज काठमाडौं आइपुगेका छन्।
नेपालमा आयोजना हुन लागेको प्रतिष्ठित डान्स रियालिटी शोको फिनाले यही असार ६ गते (June 6) काठमाडौंको
द प्लाजा, झम्सीखेलमा भव्य रूपमा आयोजना हुँदैछ। सो कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य प्रतिभाहरूको प्रस्तुति रहनेछ भने निर्णायकको रूपमा टेरेन्स लुइस मुख्य आकर्षण रहने आयोजकहरूले बताएका छन्।
यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय डान्स शोहरूमा निर्णायक तथा कोरियोग्राफरको रूपमा ख्याति कमाएका लुइसको उपस्थितिले प्रतियोगितालाई अझै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार यस प्रतियोगिताले नेपाली नृत्य प्रतिभालाई विश्व मञ्चसम्म पुर्याउने लक्ष्य राखेको छ। विजेताहरूले नगद पुरस्कार, गोल्ड(प्लेटेड ट्रफी तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।
फिनालेमा देशभरबाट छनोट भएका उत्कृष्ट डान्स समूह तथा सोलो कलाकारहरूले आफ्नो प्रस्तुति दिने तयारी गरेका छन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया