दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते
काठमाडौं । दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोला स्थित दक्षिणकाली सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा बोलेरोका चालकसहित दुवै सवारी साधनमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । सुमो चालकलाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया