Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

कूटनीतिक र आर्थिक सहकार्यले नयाँ उचाई प्रदान, परिणाममुखी सहकार्यको बलियो आधार तयार


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणले भारतसँगको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्‍याएको बताएका छन् ।

तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

“यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतको कूटनीतिक र आर्थिक सहकार्यलाई नयाँ उचाईमा पुर्‍याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउने बलियो आधार तयार भएको मैले महसुष गरेको छु,” परराष्ट्रमन्त्री खनालले भने ।

भ्रमणको समयमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयमिक परराष्ट्र नीतिलाई थप सशक्त ढंगले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको उनले जनाए ।

“व्यापार तथा लगानी विस्तार गर्ने, उर्जा सहकार्य सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, कनेक्टिभिटी र जनस्तरको सम्बन्ध अझ सशक्त बनाउने विषयहरूमा ठोस आधार तयार पारेको छ,” परराष्ट्रमन्त्री खनालले भने ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट