Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

रविले बोलाएको सर्वदलीय बैठकमा गगनको साटो आङदम्बे सहभागी


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भिष्मराज आङदम्बे सहभागी हुने भएका छन् ।

रविले बोलाएको सर्वदलीय बैठक संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा अहिले ९ बजेबाछ सुरु भएको छ । सो बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिएको छ ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष–सभापतिसहित दुई–दुई जनालाई आमन्त्रण गरिएको थियो ।

तर कांग्रेसबाट सभापति गगन थापा सहभागी नभई संसदीय दलका नेता भीष्मराज आङ्दम्बे र सांसद फिरदोश आलम मात्रै सहभागी हुने भएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट