Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

कार्यालय समय पालना नगर्ने ५ हजारभन्दा बढी कर्मचारी कारबाहीमा


काठमाडौं । नेपाल सरकारले चैत १३ गतेदेखि हालसम्म ५०९ वटा सरकारी कार्यालयमा अनुगमन गर्दा ५ हजार ५१४ जना कर्मचारी कारबाहीमा परेका छन्।

सरकारी तथ्यांकअनुसार कारबाहीमा परेकामध्ये ५ हजार ९७ जना कर्मचारी कार्यालय समय पालना नगर्ने रहेको पाइएको छ। नियमित अनुगमनका क्रममा ढिलो उपस्थित हुने, समयमै कार्यालय नपुग्ने तथा कार्यालय अनुशासन उल्लंघन गर्ने कर्मचारीहरूलाई कारबाही गरिएको जनाइएको छ।

सरकारले सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी, उत्तरदायी र अनुशासित बनाउन देशभरका सरकारी कार्यालयमा अनुगमनलाई तीव्रता दिएको जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट