Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

अकबरे खुर्सानीको भाउ एकै दिन २० प्रतिशतले बढ्यो


काठमाडौं । हरियो अकबरे खुर्सानीको मूल्य बढेको छ । आज अकबरेको मूल्य २० प्रतिशत अर्थात किलोमै ५० रुपैयाँले बढेको हो ।

सोमबार २५० रुपैयाँ प्रतिकिलो कारोबार भएकोमा आजका लागि थोक मूल्य ३०० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

यस्तै, आज भेडे खुर्सानीको मूल्य पनि बढेको छ । सोमबार ६८ रुपैयाँ ७५ पैसामा कारोबार भएकोमा आज बढेर ७५ रुपैयाँ किलो पुगेको छ ।

हरियो खुर्सानी (माछे), हरियो खुर्सानी (बुलेट) को मूल्य भने यथावत रहेको छ । माछेको ५५ र बुलेटको प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हरियो खुर्खानी (लाम्चे)को भने घटेको छ । सोमबार ४६ रुपैयाँ २५ पैसामा कारोबार भएकोमा आज प्रतिकिलो ४५ रुपैयाँ निर्धारण गरिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट