ओलीको राजीनामा ९ महिनापछि राजपत्रमा प्रकाशित
काठमाडौं । जेनजी आन्दोलनपछि राजीनामा दिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा सम्बन्धी सूचना ९ महिनापछि नेपाल राजपत्रमा प्रकाशित भएको छ।
राष्ट्रपति कार्यालयका तत्कालीन सचिव दीपक काफ्लेको नाममा जारी उक्त सूचना बुधबार मुद्रण विभागमार्फत राजपत्रमा सार्वजनिक गरिएको हो। भदौ २४ गतेको मितिमा आधारित उक्त राजीनामा सूचना अहिले प्रकाशित भएको हो।
प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७४ रहेको छ भने यसअघि जेठ २५ गते प्रकाशित सूचनाको रिफरेन्स नम्बर २६३७३ थियो।
यद्यपि, राजपत्रमा सूचनाको आधिकारिक मिति भने भदौ २४ गतेकै कायम राखिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया