पार्टीलाई पुनगठन गर्नुको कुनै विकल्प छैन : झलनाथ खनाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीभित्र बढ्दो वैचारिक, संगठनात्मक र नेतृत्वगत संकटको चर्चा गर्दै वरिष्ठ नेता झलनाथ खनालले जनताले घण्टीलाई विकल्प मानेर भोट हाल्दा नेपालको कम्युनिष्ट आन्दोलन अहिलेसम्मकै सर्मनाक अवस्थामा पुगेको बताएका छन् ।
उनले नेपाली कम्युनिष्टहरु क्रमिक रुपमा जनतावबाट टाढा भएको र ठोस रुपमा काम गर्न नसकेको बताए । उनले कम्युनिष्ट सरकारबाट जनताले शक्तिशाली भुमिसुधार, कृषिक्रान्ति, शिक्षा अनि स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा गरेतापनि त्यस्तो हुन नसकेको बताए ।
बरिष्ठ नेता खनालले जनता निराश हुँदा अहिलेको अवस्था आएको बताए । ‘नेतृत्वले जनभावना अनुसारको काम गर्न नसक्दा जन आक्रोश पैदा भएर नेतृत्वलाई सजायँ दिएर घण्टीलाई विकल्प मानेर उतातिर भोट दिँदा अहिलेको सर्मनाक अवस्था आइपुगेको’ उनको भनाई छ । ‘जुन ढंगले दायित्व निर्वाह गर्नुपर्ने हो, त्यो हिसावले नेतृत्व दिन नसकेर फेल भएको हुँदा पार्टी नेतृत्व पुनर्गठन हुनुपर्ने’ उनले बताए । उनले पार्टीलाई वर्तमान संकटबाट निकास दिन नेतृत्व तहले नै आत्मसमीक्षा गर्दै नयाँ पुस्ता र नयाँ नेतृत्वका लागि ठाउँ छाड्नुपर्ने उनको भनाई छ।
खनालले चाँडो भन्दा चाँडो केन्द्रिय संयोजन समितिको बैठक राखेर मार्ग प्रसस्त गर्न आग्रह गरेका हुन् । पार्टीलाई राष्ट्रिय महाधिवेशनमा लैजानुपर्ने उनको मुख्य माग रहेको छ । पार्टी पुर्नगठन अनिवार्य रहेको उनको निश्कर्ष रहेको छ ।
बरिष्ठ नेता खनालले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई यसै सन्दर्भमा २४ पृष्ठ लामो, ३६ बुँदे पत्र बुझाको बताए । पत्रमा पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नभएको, नेतृत्वले पक्षपातपूर्ण व्यवहार गरेको तथा पार्टीको वैचारिक दिशा कमजोर बनाइएको बताएका छन् । उनले पार्टीभित्र निराशा, निष्क्रियता र पलायन बढिरहेको उल्लेख गर्दै अहिलेको नेतृत्वले समस्याको समाधान दिन उल्लेख गरेको बताए ।
खनालले विशेषगरी प्रचण्डमाथि आफूहरूसँग भएका सहमतिहरू उल्लंघन गरेको स्पष्ट पारेका छन् । पार्टी एकताका बेला केन्द्रीय कमिटीको संरचना, जिम्मेवारी बाँडफाँट तथा विभिन्न समूह र नेताहरूको सम्मानजनक व्यवस्थापनबारे भएका सहमतिहरू कार्यान्वयन नभएको उनको दाबी छ । उनले आफू माधव नेपालको पछि लागेर नभई प्रचण्डसँग भएको राजनीतिक सहमतिका आधारमा एकतामा आएको स्मरण गराउँदै ती सहमतिलाई बेवास्ता गरिएको बताएका छन् ।
उनका अनुसार नेतृत्व जहाँ पुग्छ त्यहाँसमेत कार्यकर्ताको उत्साहजनक उपस्थिति देखिन छाडेको छ । कार्यकर्तामा दिशाहीनता, निराशा, निष्क्रियता र पलायन बढ्दै गएको उल्लेख गर्दै उनले यही अवस्थाले निरन्तरता पाए पार्टीको भविष्य थप संकटग्रस्त बन्ने बताएका छन् ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया