गोल्छा फरार : धितोपत्र हेरफेर प्रकरणमा संलग्नताको आशंका
काठमाडौं । धितोपत्र हेरफेर प्रकरणमा मुछिएपछि व्यवसायि शेखर गोल्छा फरार भएका छन् । धमाधम व्यवसायी प्रहरीको रडारमा परिरहेका बेला गोल्छा जालमा परेका हुन । गोच्छाको कर्तुत थाहाँ पाएपछि प्रहरीले उनको खोजी तिब्र पारेको छ । तर हालसम्म उनी भेटिएका छैनन् । प्रहरी स्रोतका अनुसार गोल्छाको खोजी भइरहेको भए पनि हालसम्म फेला पार्न सकिएको छैन ।
धितोपत्रको मूल्य कृत्रिम रूपमा हेरफेर गरेको आरोपमा पक्राउ परेका दीपक भट्ट र सुलभ अग्रवालको कारोबारमा गोल्छामाथि पनि अनुसन्धानको सुइ सोझिएको छ । नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनले भट्ट नेतृत्वको समूहले योजनाबद्ध रूपमा शेयर मूल्य बढाएको निष्कर्ष निकालेको छ ।
अनुसन्धानअनुसार भट्ट र उनका साझेदारहरूले आवश्यक रकम जम्मा नगरी कारोबार गर्नुका साथै ग्राहकको धितो दुरुपयोग गरेका थिए । विभिन्न कम्पनीहरूको नेटवर्क प्रयोग गरी बजार हेरफेर गरिएको र विशेष गरी हिमालयन रिइन्स्योरेन्सलगायत संस्थासँग सम्बन्धित कारोबारमा मिलेमतो देखिएको उल्लेख छ । प्रतिवेदनमा एउटै इन्टरनेट ठेगानाबाट विभिन्न कम्पनीका खातामार्फत कारोबार गरिएको जनाइएको छ । यसले एउटै समूहले अनेक खातामार्फत बजारमा कृत्रिम माग सिर्जना गरेको संकेत गर्दछ । भृकुटी स्टक ब्रोकरमार्फत अग्रिम रकम नतिरी ठूलो परिमाणमा शेयर खरिद गरिएको पनि भेटिएको छ ।
भट्ट समूहले ‘सर्कुलर ट्रेडिङ’मार्फत आफ्नै कम्पनीहरूको शेयर मूल्य बढाएको आरोप छ । यसरी उच्च मूल्यमा आपसी किनबेच गरी बजारमा भ्रम सिर्जना गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त गतिविधिलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर उल्लंघन ठहर गर्दै कारबाहीका लागि प्रहरीमा सिफारिस गरेको छ । प्रतिवेदनमा भट्ट, सुलभ अग्रवालसहित अन्य संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही अघि बढाउन भनिएको छ । साथै गोल्छासहित केही संस्था र व्यक्तिहरूले कसूरमा सहयोग गरेको टिप्पणी गरिएको छ ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया