Techie IT
KTM Post
आईतबार, २१ असार, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ६ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट