Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

१६ अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ४९ करोड


काठमाडौं । शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १६.३८ अंक बढेर २ हजार ७ सय ५८ दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको १ करोड कित्ता शेयर खरिदबिक्री भएको छ।

बजारमा २०३ कम्पनीको शेयर मूल्य बढ्दा ५७ कम्पनी घटेका छन् भने ८ कम्पनी स्थिर रहेका छन्।

कुल २०३ कम्पनीको मूल्य बढ्दा ५७ कोृ घट्यो भने ८ को स्थिर रह्यो । जलविद्युत् समूह सबैभन्दा धेरै १.२९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.६१, विकास बैंक ०.३९, फाइनान्स ०.२८, होटल तथा पर्यटन ०.७५, लगानी ०.४३, उत्पादन तथा प्रशोधन ०.९५, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा ०.२८ तथा अन्य समूह ०.२७ प्रतिशत बढेको छ।

व्यापार समूह ०.४२ प्रतिशत घट्यो । कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, अपि पावर कम्पनी र बुङ्गल हाइड्रो शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै, क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्स, माबिलुङ हाइड्रोपावर, बुंगल हाइड्रो, आँखुखोला जलविद्युत् कम्पनी र सेपुर खुदी हाइड्रोपावरका लगानीकर्ताले आज कमाएका छन् ।

यस्तै, एनआइसी एशिया व्यालेन्स फण्ड,ग्लोबल आईएमई समुन्नत योजना दोस्रो, एबिएल डिबेञ्चर– २०९१, सानिमा बैंक डिवेञ्चर र स्वाभिमान लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट