१९ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १ हजार ९ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ९ सय रुपैयाले बढेर प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ सय ४० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार १ सय ५० रुपैयाँ कायम भएको महासंले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ











प्रतिक्रिया