Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार २ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

 

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट