Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

१३ अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्ब ४३ करोड


काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

सोमबार नेप्से परिसूचक १३.१७ अंक घटेर २८२५.२३ विन्दुमा झरेको छ।नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४९ स्टकको १ लाख १६ हजार ३१० पटकको कारोबारमा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँबराबरको १ करोड १६ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०१ प्रतिशत बढेको हो। यस दिन घटेका उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड १ लाख ५९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सोलु हाइड्रोपावरको करिब ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभल (१५ प्रतिशत) मा कारोबार भएको हो। त्यस्तै, यस दिन झापा इनर्जीको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य ११ प्रतिशत बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट