Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

१६ सय रुपैयाँले बढयो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट