Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

५ हजार १ सयले रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५ हजार १ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार १ सयले रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ६ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट