Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

पर्यटन मन्त्रालयले गर्यो ५ पर्व र नाचलाई अभौतिक सम्पदामा सूचीकृत


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ पर्व र नाचलाई अभौतिक सम्पदाको राष्ट्रिय सूचीमा सूचीकृत गरेको छ ।

मन्त्रालयको २७ जेठको मन्त्रीस्तरीय निर्णय अनुसार ती सम्पदा अभौतिक सम्पदामा सूचीकृत गरेको हो । मन्त्रालयका अनुसार लदी पूजा (कोशी) लाई अभौतिक सांस्कतिक सम्पदामा सूचीकृत गरिएको छ । जुन माझी समुदायमा प्रचलित छ ।

त्यस्तै मगर समुदायको भूमे पर्व, नेवा (श्रेष्ठ, ज्यापु, नकर्मी) समुदायको जिब्रो छेड्ने जात्रासमेत यो सूचीमा परेको छ । सोही समुदायको श्रीनीलवाराही गण नाच र मगर समुदायको चनारु स्याइँ नाचलाई समेत मन्त्रालयले यो सूचीमा सूचीकृत गरेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट