विशेषज्ञहरूले सुनाए विना अप्रेसन उपचारका उपाय
काठमाडौं। अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेजको आयोजनामा “इन्टर्भेन्सनल पेन व्यवस्थापन” अर्थात् सुई वा विशेष प्रविधिमार्फत विना(अप्रेसन दुखाइ निको पार्ने विधिसम्बन्धी विशेष निरन्तर चिकित्सा शिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
काठमाडौंमा आयोजित उक्त कार्यक्रममा ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याहरूको आधुनिक उपचार, एक्युपन्चर अर्थात् सुई रोपेर गरिने परम्परागत उपचार र फिजियोथेरापी अर्थात् भौतिक चिकित्साका माध्यमबाट गरिने दुखाइ व्यवस्थापनका विविध आयासबारे विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए।
उक्त अवसरमा यस अस्पतालमा डा। तीर्थ भण्डारीको नेतृत्वमा विभिन्न प्रकारका जटिल दुखाइहरूको विना(शल्यक्रिया अर्थात् अप्रेसन नगरी सफलतापूर्वक उपचार हुँदै आइरहेको जानकारी गराइएको थियो।
चिकित्सा विज्ञानमा भित्रिएका नयाँ प्रविधिहरूले गर्दा मेरुदण्डका धेरैजसो समस्यामा ठूलो अप्रेसन आवश्यक नपर्ने र आधुनिक दुखाइ व्यवस्थापन विधिबाटै प्रभावकारी उपचार सम्भव भएको विषयमा जोड दिइएको थियो।
प्राज्ञिक सत्रअन्तर्गत विभिन्न विषयमा विशेषज्ञहरूले आ(आफ्नो कार्यपत्र प्रस्तुत गर्ने क्रममा डा। सौजन्य राजभण्डारीले “ढाड तल्लो भाग दुखाइको भित्री शारीरिक प्रक्रिया र कारण” विषयमा प्रकाश पारेका थिए भने डा। जया सात्यालले “तल्लो ढाड दुखाइमा एक्युपन्चर विधि” का बारेमा प्रस्तुति दिएका थिए।
त्यस्तै डा। नबिन सापकोटाले “फिजियोथेरापिस्टको दृष्टिकोणबाट तल्लो ढाड दुखाइको बुझाइ” र डा तीर्थराज भण्डारीले “मेरुदण्डका लागि विना(अप्रेसन दुखाइ व्यवस्थापन विधि” का प्राविधिक पक्षबारे विस्तृत जानकारी गराए। कार्यक्रमको समापन सत्रमा वरिष्ठ न्यूरोसर्जन डा। बसन्त पन्तले “मस्तिष्क छैन त दुखाइ छैन” शीर्षकमा आफ्नो विशेष र गम्भीर प्रस्तुति राखेका थिए।
उक्त निरन्तर चिकित्सा शिक्षा कार्यक्रममा उपत्यकाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दीर्घकालीन रूपमा रहने ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याहरूको समयमै सही पहिचान र आधुनिक चिकित्सा पद्धतिबाट गरिने व्यवस्थापनबारे स्वास्थ्यकर्मीहरूबीच महत्वपूर्ण ज्ञान र अनुभव आदान–प्रदान गर्न यो कार्यक्रम फलदायी भएको आयोजकले जनाएका छन्।
क्याटेगोरी : स्वास्थ्य/जीवन शैली













प्रतिक्रिया