KTM Post Logo
KTM Post Logo

भोटेकोशी बाढी: मृतकको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ जना अझै बेपत्ता

📰
KTM Post

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी अझै ६ हजार १४५ जना बेपत्ता रहेका छन्।

प्राधिकरणले दिएको जानकारी अनुसार मृतकमध्ये ३३६ जना महिला, ५४९ जना पुरुष रहेका छन् भने ५२५ वटा मानव अवशेष फेला परेका छन्। बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७५६ जनाको सफलताका साथ उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ३४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २९० जना उपचारपछि घर फर्किएका छन्। विभिन्न सुरक्षा निकायहरूले हालसम्म ९ हजार ८२० जनालाई प्रत्यक्ष उपचार सेवा प्रदान गरिसकेका छन्।

मृतक तथा बेपत्ताहरूको पहिचानका लागि व्यापक स्तरमा डिएनए नमुना संकलन भइरहेको छ। हालसम्म १ हजार २८६ जना मृतक र उनीहरूका आफन्तका १ हजार ९४४ वटा डिएनए नमुना संकलन भइसकेको छ।

बेपत्ता तथा मृतकका आफन्तले नजिकैको जिल्ला प्रहरी कार्यालयमा दुईप्रति फोटो र नाता प्रमाणित कागजातसहित डिएनए परीक्षणका लागि नमुना बुझाउन सक्ने व्यवस्था मिलाइएको छ।

प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकहरूको अस्थायी व्यवस्थापनका लागि २७ वटा होल्डिङ सेन्टर स्थापना गरिएका छन्। हाल नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जनालाई यी सेन्टरहरूमा राखिएको छ।

उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरी र नेपाली सेनाका हेलिकप्टरमार्फत १ हजार ६३४ र सशस्त्र प्रहरी बलका हेलिकप्टरमार्फत ३२० वटा उडान सम्पन्न भएका छन्।

सडक सम्पर्क जोड्न नुवाकोटको देवीघाटमा ‘एक्रो पुल’ जडान गरी सञ्चालनमा ल्याइएको छ भने सडक तथा हवाई मार्गबाट खाद्यान्न र गैरखाद्य राहत सामग्री निरन्तर पठाइँदै छ।

प्रभावित क्षेत्रमा इन्धन तथा आपूर्ति व्यवस्था सहज बनाउन ६० हजार लिटर डिजेल, १२ हजार लिटर पेट्रोल र ४ हजार लिटर हवाई इन्धन उपलब्ध गराइएको छ। यसका साथै हालसम्म ५०२ वटा ग्यास सिलिन्डर प्रभावित क्षेत्रमा पठाइसकिएको छ।

सरकारले होल्डिङ सेन्टरमा बस्न नचाहने प्रभावित परिवारहरूलाई अधिकतम ६ महिनासम्म आवास तथा जीविकोपार्जनका लागि नगद सहयोग उपलब्ध गराउने भएको छ।

जसअनुसार प्रतिपरिवार मासिक १५ हजार रुपैयाँ दिइनेछ। चार जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा थप प्रतिव्यक्ति मासिक २ हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ।

सम्बन्धित समाचार

बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ 1

बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ

काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...

एन्फा कार्यालयमा सीआईबीको छापा 1

एन्फा कार्यालयमा सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अखिल नेपाल फुटबल सङ्घ को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले आज एन्फा कार्यालय...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायूकुमार श्रेष्ठ 1

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायूकुमार श्रेष्ठ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त...

हुम्लाका दुई हजारभन्दा बढी नागरिक रोजगारीका लागि चीनको ताक्लाकोटतर्फ 1

हुम्लाका दुई हजारभन्दा बढी नागरिक रोजगारीका लागि चीनको ताक्लाकोटतर्फ

हुम्ला। हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीनको तिब्बतस्थित ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन्। छिमेकी देश...