KTM Post Logo
KTM Post Logo

हुम्लाका दुई हजारभन्दा बढी नागरिक रोजगारीका लागि चीनको ताक्लाकोटतर्फ

📰
KTM Post

हुम्ला। हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीनको तिब्बतस्थित ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन्। छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दुई हजार २५ जनाभन्दा बढी हुम्लावासीले सीमापास लिएका हुन्।

वर्षेनी उनीहरू रोजगारीको खोजी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्दछन्। उनीहरू अनुमतिपत्रको आधारमा चीनको सीमाक्षेत्र ३० किलोमिटरभित्र मात्रै जान पाउने व्यवस्था छ। वर्षेनी हजारौँ हुम्लावासी ताक्लाकोट गएर काम तथा व्यापार गरी जीविकोपार्जन गर्दै आएका छन्।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबिर शाहीका अनुसार, गत वर्षभन्दा यो वर्ष सीमापास लिने हुम्लावासीको संख्या कम छ। नयाँ सीमापास एक हजार तीन सय ९५ जनाले लिएका छन् भने पास नवीकरण गर्नेको संख्या ६ सय ३० जना रहेको छ।

कुल पास लिनेहरूमा चार सय ३७ जना महिला र एक हजार पाँच सय ८८ जना पुरुष रहेका छन्। पास लिएका सबै हुम्ली नागरिक काम, व्यापार र व्यवसायका लागि चीनको ताक्लाकोट पुग्ने गरेका छन्।

केही व्यापारी ताक्लाकोटबाट व्यापारिक प्रयोजनका सामान र निर्माण सामग्री खरिद गर्नका लागि जाने गर्छन् भने अधिकांश हुम्लावासी छ महिनाका लागि ताक्लाकोटमा रोजगारीका लागि जाने गर्दछन्।

ताक्लाकोटमा काम गरेको छ महिनाको अवधिमा प्रतिव्यक्तिले चार लाखदेखि छ लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको हाल ताक्लाकोटमा काम गरिरहेका स्थानीय तुलरासी बोहराले बताएका छन्।

त्यहाँ एक जनाले दैनिक नेपाली दुई हजारदेखि तीन हजार रुपैयाँ वा चिनियाँ युआन ७० देखि दुई सयसम्म कमाउने गरेका छन्। हुम्लाबाट ताक्लाकोट पुगेका नेपालीले विशेष गरी घर बनाउने, मजदुरी र खेतीपातीलगायतका कामहरू गर्दै आएका छन्।

हुम्लामा बेरोजगारीको समस्या विकराल बन्दै गएपछि यहाँका स्थानीय बासिन्दा छिमेकी राष्ट्र चीनको ताक्लाकोटमा रोजगारीको खोजीमा जाने क्रम तीव्र रूपमा बढेको छ। पछिल्ला वर्षहरूमा युवायुवतीहरू कामको खोजीमा ताक्लाकोटतर्फ आकर्षित भइरहेका छन्।

ताक्लाकोटमा सहजै रोजगारी प्राप्त हुने भएकाले जिल्लाका युवायुवतीहरू छ महिनाको लागि त्यसतर्फ जाने गरेका हुन्। गाउँघरमा बेरोजगार बस्नुभन्दा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने अस्थायी सीमापास बनाएर उनीहरू चीन जाने र आम्दानी गरेर फर्कने गर्दछन्।

विगतमा जडीबुटी संकलनमा जानेहरू अहिले ताक्लाकोटमा घरायसी तथा कृषिजन्य काममा संलग्न हुन थालेका छन्।

हुम्लाबाट कामको खोजीमा चीन पुग्नेहरूमा नाम्खा र सिमकोट गाउँपालिकाका युवाहरूको संख्या सबैभन्दा बढी रहेको छ। त्यसैगरी जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड र चंखेली गाउँपालिकाका युवायुवतीले पनि सीमापास बनाएका छन्।

सम्बन्धित समाचार

बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ 1

बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ

काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...

एन्फा कार्यालयमा सीआईबीको छापा 1

एन्फा कार्यालयमा सीआईबीको छापा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अखिल नेपाल फुटबल सङ्घ को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले आज एन्फा कार्यालय...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायूकुमार श्रेष्ठ 1

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायूकुमार श्रेष्ठ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त...

भोटेकोशी बाढी: मृतकको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ जना अझै बेपत्ता 1

भोटेकोशी बाढी: मृतकको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ जना अझै बेपत्ता

काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...