जिउँदो कुकुरलाई खोलामा फ्याँक्ने महिला पक्राउ
जिउँदो कुकुरलाई खोलामा फ्याँक्ने महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय,बझाङले स्थानीय विमलादेवी रोकायालाई हिजो समातेको हो । उनलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक बिष्टले बताए ।
जनआस्थासँग उनले भने,‘उहाँ हाम्रै हिरासतमा हुनुहुन्छ । उहाँलाई आज नभए सोमबार अदालतमा उपस्थित गराउँछौं ।’ भदौ ३१ गते जिल्ला सदरमुकाम चैनपुरस्थित पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सार्वजनिक गरिएको थियो ।
सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि प्रहरीले अनुसन्धान अगाडि बढायो । सो क्रममा उनलाई हिजो नियन्त्रणमा लिइएको हो ।
सम्बन्धित समाचार
बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ
काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...
एन्फा कार्यालयमा सीआईबीको छापा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अखिल नेपाल फुटबल सङ्घ को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले आज एन्फा कार्यालय...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायूकुमार श्रेष्ठ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त...
हुम्लाका दुई हजारभन्दा बढी नागरिक रोजगारीका लागि चीनको ताक्लाकोटतर्फ
हुम्ला। हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीनको तिब्बतस्थित ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन्। छिमेकी देश...




