पाँच समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्ताको रकम फिर्ता
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका पाँचवटा सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता गरेको छ।
समितिले उपलब्ध गराएको विवरणअनुसार शिवशिखर बहुउद्देश्यीय सहकारीका ५७, कान्तिपुर बहुउद्देश्यीय सहकारीका ५२, ओरिएन्टल को-अपरेटिभका आठ, तुलसी बहुमुखी सहकारीका नौ र आइडियल यमुना सहकारीका नौ जना गरी कुल १३५ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरिएको हो।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट उठाइएको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट पीडित बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको सरकारले स्पष्ट पारेको छ।
पहिलो चरणमा थोरै रकम जम्मा गरेका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिले जनाएको छ। आगामी दिनमा पनि बचतकर्ताहरूको रकमको परिमाणका आधारमा वर्गीकरण गरी क्रमशः बाँकी रकम फिर्ता गर्दै जाने योजना बनाइएको छ।
प्रचलित कानुनी व्यवस्थाबमोजिम समस्याग्रस्त सहकारीहरूबाट ऋण असुली गर्ने र तिनको सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताको रकम फर्काउने कार्य निरन्तर रूपमा अघि बढिरहेको समितिले जानकारी दिएको छ।
सम्बन्धित समाचार
बाह्य अर्थतन्त्र मजवुद : विदेशी मुद्रा सञ्चितिले भेट्टायो साढे ३९ खर्बको उचाइ
काठमाडौं । नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्रमा निकै ठूलो सुदृढीकरण र सबलता देखिएको छ। नेपाल राष्ट्र बैंकद्वारा हालै सार्वजनिक गरिएको आर्थिक...
एन्फा कार्यालयमा सीआईबीको छापा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले अखिल नेपाल फुटबल सङ्घ को कार्यालयमा छापा मारेको छ ।सीआईबीको टोलीले आज एन्फा कार्यालय...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बने दीर्घायूकुमार श्रेष्ठ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्त...
हुम्लाका दुई हजारभन्दा बढी नागरिक रोजगारीका लागि चीनको ताक्लाकोटतर्फ
हुम्ला। हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीनको तिब्बतस्थित ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन्। छिमेकी देश...




