KTM Post Logo
KTM Post Logo

शेयर कारोबारमा लाभ कर घटाउने मन्त्रिपरिषद्को निर्णय

📰
KTM Post

काठमाडौं । सरकारले शेयर कारोबारमा लाभ कर घटाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । ‘३६५ दिनभन्दा बढी स्वामित्वमा रहेकाका लागि ३.५ प्रतिशत लाभ कर त्यसभन्दा बढीका लागि पाँच प्रतिशत अग्रिम कर कायम गरिएको छ । यसअघि ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेकाका लागि ७.५ प्रतिशत र त्यो भन्दा कमका लागि १० प्रतिशत थियो’ मन्त्री पोखरेलले भने ।

अर्थ मन्त्रालयले पुँजीबजार पुनरुत्थान कार्ययोजनामा उक्त प्रस्ताव ल्याएको थियो । मन्त्रिपरिषद्ले उक्त प्रस्ताव स्वीकृत गरेको हो । यस्तै, बैठकले सरकारी सेवा डिजिटल बनाउनेसम्बन्धी नियमावली स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला 1

दूरसञ्चार सेवा दस्तुर विवादमा सर्वोच्च अदालतको महत्वपूर्ण फैसला

दूरसञ्चार सेवा दस्तुर तथा इन्टरनेट सेवा प्रदायकहरूले ‘समर्थन तथा मर्मत’ शीर्षकमा गर्ने शुल्क निर्धारण र असुलीसँग सम्बन्धित लामो समयदेखि विवादित...

बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह 1

बागमतीमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी साता हुने भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रदेशको आन्तरिक मामिला,...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो 1

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

पिकेका आंशिक शिक्षकले सात महिनादेखि पाएनन् तलब 1

पिकेका आंशिक शिक्षकले सात महिनादेखि पाएनन् तलब

काठमाडौंको बागबजारस्थित पद्मकन्या कलेजका आंशिक शिक्षकहरूले सात महिनादेखि पारिश्रमिक पाएका छैनन्। सात महिनादेखि पारिश्रमिक नपाउँदा परिवार चलाउनै...