Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

नामको विषयमा विवाद, निर्वाचन आयोग पुगिन् ज्वाला संग्रौला


काठमाडौं । लेखिका तथा सामाजिक अभियन्ता ज्वाला संग्रौलाले आफ्नो नाम जोडेर राजनीति गरिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएको बताएकी छन्।

बुधबार फेसबुकमा स्टाटस लेख्दै संग्रौलाले “नाममा समेत राजनीति गरिएकोले निर्वाचन आयोगमा उजुरी दिएकी छु” भनेकी हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चलिरहेका बेला आएको उनको उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्चा पाएको छ। स्टाटस सार्वजनिक भएपछि समर्थक र आलोचक दुवै पक्षबाट विभिन्न प्रतिक्रिया आएका छन्।

यद्यपि उनले उजुरी कुन विषयमा र कसविरुद्ध दर्ता गराएकी हुन् भन्नेबारे खुलाएकी छैनन्। उनको संक्षिप्त टिप्पणीले भने सामाजिक सञ्जालमा नयाँ बहस सुरु गराएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट