दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ।आइतबार अर्थ समितिको १२औँ बैठक तथा महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ।
आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयमा विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ। बैठकमा आगामी मौद्रिक नीतिका प्राथमिकता, चुनौती र सुधारका उपायबारे सुझाव संकलन गरिने जनाइएको छ।त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ। बैठकमा समितिको कार्यविधि तथा आचारसंहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।
यसका साथै, समितिले हालै सम्पन्न गरेको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनमाथि पनि बैठकमा समीक्षा तथा छलफल गरिने संसद् सचिवालयले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया