गुनासो सुन्न रास्वपाको नयाँ अभियान : केन्द्रीय कार्यालयमा दैनिक सांसद र केन्द्रीय सदस्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिक र पार्टीका सदस्यहरूसँग प्रत्यक्ष संवाद र भेटघाटका लागि नयाँ पहल सुरु गरेको छ ।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा नागरिकका समस्या, सुझाव र गुनासो सुन्नका लागि प्रतिनिधि सभा सदस्य (सांसद) र केन्द्रीय सदस्यहरू नियमित रूपमा उपलब्ध हुने कार्यतालिका सार्वजनिक गरिएको छ ।
रास्वपाले जारी गरेको सूचना अनुसार, आगामी जेठ ३ गतेदेखि जेठ ८ गतेसम्म बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म तोकिएका प्रतिनिधिहरू कार्यालयमा रहनेछन् ।
यस अभियान अन्तर्गत प्रत्येक दिन एक जना केन्द्रीय सदस्य र एक जना प्रतिनिधि सभा सदस्यले सर्वसाधारणसँग भेटघाट र संवाद गर्नेछन् ।
यस्तो छ सातै दिनको कार्यतालिका र खटिएका प्रतिनिधिहरू:
जेठ ३ गते, आइतबार: अनन्तराज घिमिरे (केन्द्रीय सदस्य) र ई. दीपक कुमार साह (सांसद)
जेठ ४ गते, सोमबार: विष्णु कुमार श्रेष्ठ (केन्द्रीय सदस्य) र विक्रम थापा (सांसद)
जेठ ५ गते, मंगलबार: रामकृष्ण भट्टराई (केन्द्रीय सदस्य) र स्मृति सेन्चुरी (सांसद)
जेठ ६ गते, बुधबार: डा. प्रभात अधिकारी (केन्द्रीय सदस्य) र सुलभ खरेल (सांसद)
जेठ ७ गते, बिहीबार: राजन गौतम (केन्द्रीय सदस्य) र राजिव खत्री (सांसद)
जेठ ८ गते, शुक्रबार: लक्ष्मण थारु (केन्द्रीय सदस्य) र देवराज पाठक (सांसद)
पार्टीले नागरिकसँगको जनसम्पर्कलाई थप सुदृढ बनाउन र जनचासोका विषयहरूलाई प्रत्यक्ष रूपमा बुझ्न यो व्यवस्था मिलाएको जनाएको छ ।
वनस्थली पुग्ने आगन्तुक तथा आम नागरिकले तोकिएको समयभित्र आफ्ना कुराहरू सम्बन्धित नेताहरूसमक्ष राख्न सक्नेछन् ।

क्याटेगोरी : राजनीति













प्रतिक्रिया