रास्वपामा पदाधिकारी चयन गर्न लागि मतदान सुरु
काठमाडौं । रास्वपाको पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन सुरु भएको हो ।
रास्वपाको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् । अन्य पदमा भने आज निर्वाचन हुँदैछ ।
त्यस्तै उपसभापतिमा पुरुषतर्फ डा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् । उपसभापति महिला तर्फ भने सोविता गौतम र तोसिमा कार्की भिड्ने भएका छन्। महामन्त्रीमा विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन् ।
सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त मैदानमा छन् ।
महिला सहमहामन्त्रीमा विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मालगायतले उम्मेदवारी दिएका छन् ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया