Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भारत प्रस्थान गरेका छन्। आइतबारसम्म चल्ने उनको औपचारिक भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशंकरसँग उच्चस्तरीय औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भेटवार्तामा नेपाल–भारतबीचका व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नियमित उच्चस्तरीय भ्रमण आदान–प्रदानको हिस्सा रहेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसैबीच, मन्त्री खनालले नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै ती अपेक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

उता, भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ५ दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किँदै छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट