काठमाडौं । नेकपा एमालेले जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति जनाउँदै आवश्यक परे अदालत जाने तयारी गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा एमालेले भदौ २३ र २४ गतेको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक भएको आरोप लगाएको छ।
एमालेले सुरुमा प्रतिवेदन पुनरावलोकनका लागि आयोगलाई औपचारिक आग्रह गर्ने जनाएको छ। सो आग्रहबाट समाधान ननिस्किएमा कानुनी उपचार खोज्दै न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी रहेको पार्टीले स्पष्ट पारेको छ।
विज्ञप्तिमा महासचिव शंकर पोखरेलले विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गरिने उल्लेख गरेका छन्।
त्यस्तै, आवश्यक परे मर्का परेको पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति तथा पुनरावलोकनको माग गर्ने र सबै उपलब्ध कानुनी विकल्प प्रयोग गर्ने एमालेले जनाएको छ।
प्रतिक्रिया