Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

राप्रपाले सार्यो केन्द्रीय समिति बैठक


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठकको मिति केही समय पर सारेको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले जेठ २८ र २९ गते हुने भनिएको बैठक विशेष कारणवश असार ५ र ६ गते काठमाडौँमा बस्ने तय भएको जानकारी दिए । बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धि प्रतिवेदनहरू पेस हुने जनाइएको छ।

बैठकमा समसामयिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, साङ्गठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको तयारी एवं महाधिवेशनको मिति समेत तय हुने राप्रपाले जनाएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट