Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के-के थपियो, के परिमार्जन भयो ?(पूर्णपाठ)


काठमाडौं ।  प्रतिनिधिसभा सञ्चालनका लागि तयार गरिएको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याल समक्ष बुझाइएको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उक्त मस्यौदा सभामुखलाई हस्तान्तरण गरेका हुन्।

मस्यौदा प्राप्त गरेपछि सभामुख अर्यालले यसलाई प्रक्रियागत रूपमा अघि बढाएर पारित गरिने स्पष्ट पारेका छन्। उनले संविधान, विद्यमान कानुन तथा स्थापित संसदीय अभ्यासलाई आधार मानेर संसद सञ्चालन गरिने बताए।

समितिका अनुसार तयार गरिएको मस्यौदामा ३० परिच्छेद, २६३ दफा र ७ अनुसूची समेटिएका छन्। अन्तिम रूप दिनुअघि सबै विषयमा आन्तरिक छलफल र परामर्शमार्फत सहमति जुटाइएको बताइएको छ।समितिका सभापति पराजुलीका अनुसार नयाँ नियमावलीमा कार्यपालिका र व्यवस्थापिकाबीच देखिने मतभिन्नता घटाउने तथा सरकारको जवाफदेहिता बढाउने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ। अब मस्यौदा प्रतिनिधिसभामा पेस भई छलफलपछि पारित प्रक्रियामा अघि बढाइनेछ।

मस्यौदामा प्रतिनिधि सभामा फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने, बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने, आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको ७ दिनभित्र अनिवार्य जवाफ दिनुपर्नेलगायतको विषय समेटिएको छ । चैत २३ गते बसेको प्रतिनिधिसभाको बैठकले मस्यौदा समिति गठन गरेको थियो ।

यस्तो छ मस्यौदा –

https://drive.google.com/file/d/1pLLADPq4k127ZNjoeWqhWmnDEInjtpho/view?usp=sharing

 

 

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट