Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

बजेट चुहावटको आरोप : वर्षमान पुनद्वारा संसदीय छानबिन समितिको माग


काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण प्रक्रियामा अर्थ मन्त्रालयबाट बजेट चुहावट भएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले संसद्मा पेश भइसकेको बजेटका विषयवस्तु परिवर्तन हुनु सामान्य घटना नभएको उल्लेख गर्दै यसबारे सूक्ष्म अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए। बजेट निर्माण र प्रस्तुतिपछि भएका भनिएका परिवर्तनबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ थियो।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुराना फाइलहरू खोल्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै आफू अर्थमन्त्री रहेका समयदेखि नै सबै फाइलहरू छानबिन गर्न तयार रहेको चुनौतीसमेत दिए।

“पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ ? अर्थमन्त्रीले फाइल खोल्ने कुरा गर्नुभएको छ भने मेरै कार्यकालदेखि सबै फाइल खोलौँ,” पुनले भने।

सांसद पुनले बजेट चुहावटसम्बन्धी आरोपको सत्यतथ्य सार्वजनिक गर्न र दोषी पहिचान गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट