Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

प्रतिनिधिसभा बैठक असार १ गतेसम्म स्थगित


काठमाडौं । प्रतिनिधि सभाको बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक असार १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

शुक्रबारको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्दै पेस गरेको प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको “अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।

सँगै बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गरेकी छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट