गर्मी याममा दैनिक कति पानी पिउने ?
काठमाडौं । गर्मी याममा मानिसको शरीरमा पानीको आवश्यकता बढ्ने गर्छ । उच्च तापक्रमका कारण पसिना धेरै आउने भएकाले दैनिक पानी सेवनमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू सुझाव छ ।
सामान्यतया गर्मी मौसममा एक सामान्य वयस्कले दिनमा कम्तीमा २.५ देखि ३.५ लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । शारीरिक गतिविधि धेरै गर्ने वा घाममा धेरै समय बिताउने व्यक्तिले अझ बढी पानी सेवन गर्नुपर्ने हुन्छ ।
तिर्खा लाग्दासम्न नकुरी नियमित अन्तरालमा पानी पिउनाले शरीरलाई शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ र डिहाइड्रेसनजस्ता समस्या टार्न सकिन्छ ।
पानीसँगै झोलयुक्त पदार्थ, फलफूल र तरकारीको सेवन बढाउन समेत चिकित्सकको सुझाव छ । पानीका लागि कफी, चिया तथा चिसो पेय पदार्थमा मात्रै निर्भर हुनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।
पानी कहिले र कति पिउने ?
पानी खाना खानु आधा घण्टा अघि या खाना खाएको आधा घण्टापछि पिउनुपर्छ । गर्मीबाट आउनेबित्तिकै पानी पिउँनुहुन्न, केहीबेर आराम गरेपछिमात्र पिउन सकिन्छ । यदि छाति पोल्ने या कब्जियतको समस्या छ भने पानीमा एक चम्चा कागतीको रस मिसाएर पिउन सकिन्छ । खाना खाएलगत्तै पानी पिउनुहुन्न, यसले खाना पचाउन समस्या हुन्छ । बिहान उठ्नेबित्तिकै पानी पिउनु लाभदायी हुन्छ । पानी पर्याप्त पिउनाले पेटको क्यान्सर, मुत्राशयको क्यान्सर तथा स्तन क्यान्सरजस्ता गम्भीर रोगबाट सजिलै बच्न सकिन्छ।
डिहाइड्रेशन हुँदा के गर्ने ?
डिहाइड्रेशन हुँदा बान्ता हुने, जिब्रो सुक्ने, श्वास लिन गा¥हो हुने, चिडचिडाहट हुनेजस्ता समस्या हुन्छ । यदि यस्तो हुन्छ भने पानीमा अलिकता नुन र चिनी मिसाएर तत्काल पिउनुपर्छ । काँचो दूधको लस्सी बनाएर पनि पिउन सकिन्छ । महीमा नुन हालेर पिउनाले पनि यो समस्याबाट राहत पाउन सकिन्छ ।
यस्तै, नरिवलको पानीले पनि यस्तो अवस्थामा फाइदा गर्छ । गर्मी मौसममा अधिक व्यायाम गर्ने या जिम जाने तथा बढी व्यस्त हुने मानिसलाई डिहाइड्रेशनको समस्या हुन्छ । यस्ता मानिसले पानी पिउने क्रमलाई बढाउनुपर्छ।
क्याटेगोरी : स्वास्थ्य/जीवन शैली













प्रतिक्रिया