Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता


काठमाडौं । सरकारले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा शुक्रबार भारतीय सुरक्षाकर्मी (एसएसबी) छिरेको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिका कारण नभएको बताएको छ ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेपछि सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।

“सुस्तामा बस्नुभएको नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ । यससम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्नेछ,” उनले भने ।

प्रधानमन्त्रीको अभिव्यक्तिले मनोबल बढेको हो ? भन्ने प्रश्नमा पोखरेलले थपे, “त्यस्तो होइन । पहिलेदेखि नै वर्षौंदेखि सुस्तामा त्यस्तो समस्या आउने गरेको थियो । त्यसमा सबैभन्दा धेरै धन्यवाद सुस्तामा बस्ने नेपाली नागरिकलाई दिनुपर्ने हुन्छ । उहाँहरूले वर्षौंदेखि दशकौँदेखि त्यो भूमिलाई संरक्षण गर्दै आउनुभएको छ ।”

आज सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि विवाद उत्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट