Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको सरुवा


काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्जनौँ उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले जेठ २०, १८, २१, २८ र २९ गतेका विभिन्न निर्णयमार्फत उपसचिव, प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा अन्य कर्मचारी गरी ८८ जनाको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।

सरुवामा नेपाल प्रशासन सेवातर्फका दर्जनौँ उपसचिव, प्रमुख प्रशासकीय अधिकृत र अधिकृत स्तरका कर्मचारी समेटिएका छन्। मन्त्रालयले विभिन्न मितिमा सरुवा गरे पनि सूची सार्वजनिक गरेको थिएन । प्रशासन डटकमले गुपचुप सरुवा गरेको विषयमा समाचार लेखेसँगै मन्त्रालयले आज सूची सार्वजनिक गरेको हो ।

https://drive.google.com/file/d/1xwMDWRabYM9Wc0ekL1niYkhCjWf3sPC9/view

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट