धनगढीमा वर्षा गराउने आशामा भ्यागुताको विवाह
धनगढी, कैलाली । अत्यधिक गर्मी बढेपछि वर्षा होस् भन्ने कामनामा धनगढीमा भ्यागुताको प्रतीकात्मक विवाह गरिएको छ।
स्थानीय गोठालो परिवारले परम्परागत रूपमा भ्यागुतालाई दुलाहा–दुलही बनाएर विवाह गराएका हुन्। स्थानीय मान्यता अनुसार यस्तो गरेपछि पानी पर्ने विश्वास रहिआएको छ।
लामो समयदेखि पानी नपर्दा गर्मी बढेको र जनजीवन प्रभावित भएपछि यो कार्य गरिएको बताइएको छ।
उक्त जानकारी Call24 News स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो।
क्याटेगोरी : समाचार












प्रतिक्रिया