मोरङको कटहरी खण्डको हाटखोला–कटहरी खण्डमा फस्यो ट्रक, यातायात अबरुद्ध
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेका छन्। हुलाकी सडकको हाटखोला कटहरी खण्डमा तीनवटा ट्रक फसेका हुन्।
बर्खा लागेपछि हरेकदिन मालबाहक ट्रक फस्ने गरेका छन्। सोमबार पनि तीनवटा ट्रक एकैसाथ खाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित हुँदा मालबाहक सवारी रोकिएका छन्।
वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सडकमा तीनवटा लोडेड ट्रकहरू फसेर आवतजावतमा समस्या भएकाले फसेका सवारी निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ। त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको राम चोकसम्म करिब ६ किलोमिटर सडक अस्तव्यस्त छ।
२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले ठेक्का लिएको यो सडकको काम समयमा नै पूरा नगरेपछि ठेक्का तोडिएको थियो । अहिले सडक अलपत्र छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया