Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

सरकारको आश्वासनपछि चिया उद्योग खुले


काठमाडौं । सरकारको आश्वासनपछि चिया उद्योगहरु खुलेका छन् । भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि बन्द भएका इलाम र झापाका चिया उद्योग आजदेखि खुलेका हुन् ।

सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर चाँडो समाधान गर्ने आश्वासन दिएपछि उद्योगहरू खोलेको नेपाल चिया उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिए ।

चिया निर्यातमा अवरोधका कारण १० लाख किलोभन्दा धेरै चिया गोदाममा थन्किएपछि इलामका अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि र झापाका सीटीसी तथा अर्थोडक्स चिया उद्योग असार ४ गतेदेखि बन्द भएका थिए ।

चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट