विदेशीलाई नागरिकता दिन झुटो विवरण सिफारिस गर्ने वडाअध्यक्ष पक्राउ
विराटनगर । विदेशी नागरिकलाई नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–५ का वडाध्यक्ष महानन्द मण्डल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधनुनिया महतो भएको भन्दै झुटो विवरण पेस गरेका थिए। सोही विवरणका आधारमा वडाध्यक्ष मण्डलले अंगीकृत नेपाली नागरिकताका लागि सर्जमिन सिफारिस गरेको आरोप लगाइएको छ।
यस प्रकरणमा ५५ वर्षीय वडाध्यक्ष मण्डलसँगै रोहवरमा बसेका सोही वडाका वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया