Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

आजबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु, २१ गतेदेखि


काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेअनुसार आजदेखि शैक्षिकसत्र सुरु भएको हो ।

यसअघि २ वैशाखबाट भर्ना हुने गरेको थियो । तर पेट्रोलियम पदार्थ आपूर्तिको असहजता देखाउँदै शैक्षिकसत्र सारिएको भए पनि स्थानीय तहहरूले धमाधम विद्यालय सञ्चालन गरिरहेका छन् ।

शैक्षिक सत्र सुरु भइसकेकाले समयमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन पनि सरकारले भनेको छ । विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत रहेको अनुमान छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट