Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

पासपोर्ट छाप्ने काम एक साताभित्र नयाँ कम्पनीबाट, तीन महिनासम्म समस्या आउनसक्ने


काठमाडौं । अबको एक सातापछि पासपोर्ट छपाइको काम दुई जर्मन कम्पनी भेरिडोस र मुहलबाउरले गर्दै छन् । अहिले पासपोर्ट छपाइको काम गरिरहेको फ्रेन्च कम्पनी आईडीईएमआईएले १६ वर्षपछि नेपालमा पासपोर्ट छपाइको काम बन्द गर्नेछ ।

“आजको एक हप्ताभित्र नयाँ कम्पनीमार्फत पासपोर्ट छाप्ने काम हुनेछ,” परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार राष्ट्रियसभा बैठकमा भने, “यो साता एक करोडभन्दा बढीको व्यक्तिगत विवरण एउटाबाट अर्को सिस्टममा ट्रान्सफर गर्दैछौँ ।”

यो साता आईडीईएमआईएसँग भएको नेपाली पासपोर्टको विवरण नयाँ कम्पनी भेरिडोस र मुहलबाउरको नयाँ सिस्टममा सारिने उनले जनाए ।

विवरण सार्नको लागि विभागमा दुई र जिल्लाहरूमा तीन दिन राहदानी सेवा बन्द गर्न लागिएको उनले सुनाए ।

“नयाँ प्रणालीमा जाँदा केही न केही समस्या आउनसक्छ । यस्तो समस्या तीन महिनासम्म आउनसक्छ । त्यसैले समस्या आइहाले तुरुन्त समाधान गर्न प्राविधिकहरूलाई स्ट्यान्डबाई राखिएको छ,” परराष्ट्रमन्त्री खनालले भने ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट