Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा


काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ ।

अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागले १३  वटा सूचकलाई मध्यनजर गर्दै यात्रुवाहक सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।

त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइ डिजेलमा ५५ रुपैयाँ बढी पुगेपछि यातायात व्यवसायीहरू भाडा पुन समायोजन गर्न माग गर्दै आएका थिए ।  विभागले वैशाख ९ गते मन्त्रालयलाई यात्रुवाहक सवारीका लागि ९.८  प्रतिशत र ढुवानीका सवारीका लागि पहाडीमा करिब १४  प्रतिशत र तराईमा १२ प्रतिशतका दरले समायोजन गर्ने गरी सिफारिस गरेको थियो ।

Capture

 

 

 

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट