ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार ललितपुरमा आयोजित महानगरको नवौँ नगरसभामा महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् ।
चालु आर्थिक वर्षका लागि महानगरले ७ अर्ब ४७ करोड ४१ लाख ६७ हजारको बजेट ल्याएको थियो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया