मधेश प्रदेशको ५६.३१ प्रतिशत बजेट खर्च, अन्तिम डेढ महिनामै तीव्र बढ्यो खर्च
काठमाडौं । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च गरेको जनाएको छ। अर्थ मन्त्रालयका अनुसार प्रदेशको ४६ अर्ब ९८ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको हो।
मन्त्रालयका अनुसार चालु खर्चतर्फ विनियोजित १५ अर्ब ६४ करोड रुपैयाँमध्ये ९ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ६०.६९ प्रतिशत खर्च भएको छ। यस्तै, पुँजीगततर्फ ३१ अर्ब ३४ करोड रुपैयाँ बजेटमध्ये १६ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ५४.१२ प्रतिशत खर्च भएको जनाएको छ।
प्रदेश सरकारको खर्च विवरणले आर्थिक वर्षको अन्तिम चरणमा बजेट कार्यान्वयनले तीव्रता पाएको देखिएको छ। जेठ १३ गतेसम्म कुल ८ अर्ब ७६ करोड रुपैयाँ अर्थात् १८.६४ प्रतिशत मात्रै खर्च भएकोमा त्यसयता करिब डेढ महिनाको अवधिमा १७ अर्ब ७० करोड रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ। यससँगै असार २६ गतेसम्म कुल खर्च २६ अर्ब ४६ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया